Tuesday, 28 April 2026

भुजेल भाषा - Bhujel Language

भुजेल भाषा (Bhujel Language) भुजेल भाषा भुजेल जातिको मातृभाषा हो।यो एउटा लोपोन्मुख भोट-बर्मेली भाषा हो। भुजेल भाषामा 6 वटा स्वर वर्ण र 29 वटा व्यञ्जन वर्ण गरेर जम्मा 35 वटा वर्ण पाईन्छ।भुजेल भाषामा 5 वटा मात्राहरु छन्। भुजेल भाषा दुइ अक्षरसँग गाँसिएर निर्माण हुने 31 वटा र तीन अक्षरसँग गाँसिएर निर्माण हुने 21 वटा संयुक्त व्यञ्जनहरु छन्। भुजेल भाषामा स्वर वर्णमा दीर्घता पाइँदैन। पछिल्लो अध्ययन अनुसार भुजेल भाषामा कण्ठ्य स्पर्ष वर्ण (Glottal Stop) को ध्वनि पनि भएको शब्दहरु पाइएका छ। भुजेल भाषाका आफ्नै विशेषताहरु छन्। भुजेल भाषामा एकअक्षरी, दुईअक्षरी, तीनअक्षरी र चारअक्षरी अक्षरहरु पाईन्छ। भुजेल भाषामा एकरूपी, व्युत्पन्न र संयुक्तगरि तीन प्रकारको नाम पाईन्छ। भुजेल भाषामा लिङ्ग भेद छैन। लिङ्गको आधारमा उद्देश्य र क्रियापदको बिचमा मेल हुँदैन। भुजेल भाषामा एकवचन, दुईवचन र बहुवचनगरि तीन प्रकारको वचन पाइन्छ। एकवचन अचिन्हित हुन्छ भने द्विवचन र वहुवचन चिन्हित हुन्छन्। सबै पुरूषमा वहुवचन 'इ' द्वारा चिन्हित हुन्छ। द्वितीय पुरूष द्विवचनमा 'ज' र प्रथम र अन्य पुरूष द्विवचनमा 'च' प्रत्ययको रुपमा प्रयोग हुन्छ।वचनको क्रियाको उद्देश्य सँग सँगति हुन्छ।भुजेल भाषामा साङ्खिय कोटिकार पनि पाइन्छ। यो मानवीय र मानवेतर अथवा अमानवीयगरि दुई प्रकारका छन्। भुजेल भाषामा आदरार्थी शब्द भने पाइँन्दैन। भुजेल भाषामा पुरूषवाचक सर्वनाम, दर्शक सर्वनाम, प्रश्नवाचक सर्वनाम र निजवाचक सर्वनाम गरेर चार प्रकारका सर्वनाम पाइन्छ। भुजेल भाषामा विशेषणलाई स्वरूपगत आधारमा दुई वर्गमा विभाजन गर्न सकिन्छ: एकरुपी विशेषण अथव मौलिक विशेषण र व्युतपन्न विशेषण।भुजेल भाषामा जटिल क्रियापद पाइन्छ। प्रत्ययको आधारमा काल दुई प्रकारको पाइन्छ- भूतकाल र अभूतकाल। सामान्य वर्तमानकाल (Simple Present Tense) र भविष्य काल (Future Tense) को क्रियामा कुनै फरक रहँदैन। वचन र पुरूषहरुमा जुनसुकै परिवर्तन भएता पनि भुजेल भाषाको सामान्य वर्तमान काल र भविष्यकाल बिचको क्रियामा लाग्ने प्रत्ययमा कुनै फरक आँउदैन। भूतकाल दुई प्रकारका छन्- सामन्य भूतकाल र दुरवर्ती भूतकाल । अरू भाषामा जस्तै भुजेल भाषामा पनि अपूर्ण पक्ष, पूर्ण पक्ष, अभ्यस्त पक्ष र कार्यसम्पन्न पक्ष गरेर चार प्रकारको पक्षहरु छन। रुपको आधारमा भुजेल भाषामा सामान्यार्थ भाव, विध्यर्थ भाव, सम्भावनार्थक भाव, सङ्केतार्थक भाव, इच्छार्थक भाव, निषेधार्थक भाव र वाध्यात्मक भाव गरेर 6 प्रकारका भावहरु पाइन्छन्। भुजेल भाषामा अकरणमा कालबोधक चिन्ह लोप हुन्छ। भुजेल भाषामा लिङ्ग भेद नभएको कारण लिङ्गले क्रियामा कुनै असर गर्दैन तर भुजेल भाषामा क्रियाको उद्देश्यको वचन र पुरुषसँग सँगति हुन्छ। भुजेल भाषामा सामान्यार्थक वाक्य, प्रश्नार्थक वाक्य, आज्ञार्थक वाक्य, इच्छार्थक वाक्य, सम्भावनार्थक वाक्य र अकरण वाक्यहरु पाइन्छन्। भुजेल भाषामा कर्ता, कर्म, करण, सम्प्रदान, सहार्थकबोधक, अपादान, सम्बन्ध र अधिकरण गरेर 8 वटा कारक पाइन्छ। भुजेल भाषामा नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपात अव्यय पनि पाइन्छ। भुजेल भाषाको आफ्नै लिपि छ जस्लाई खार्पा लिपि भनिन्छ। यो भुजेल भाषाले प्रयोग गर्ने एक मात्र लिपि हो। खार्पा लिपि लिपिकार श्री सि. बी. भुजेल (खार्चुङे) ले सन् 2080 को दसकमा बनाएका थिए। यसको सम्पूर्ण विवरण परिक्षेद 19 को 'खार्पा लिपि' मा चर्चा गरिएको छ। ता. 22.09.2022 को दिन सिक्किम सरकारले सरकारी राजपत्र जरी गरेर आधिकारिकरूपमा भुजेल भाषालाई सिक्किमको 12 औं राज्य भाषामा अन्तर्भूत गरेको थियो। हाल सिक्किमको सरकारी स्कुलहरुमा विद्यार्थीहरुलाई कक्ष 3 सम्म भुजेल भाषा खार्पा लिपिमा पढाईन्दैछ। सन्त कुमार भुजेल सलाङ्गदाङ, पश्चिम सिक्किम (भारत)

No comments:

Post a Comment