भुजेल खोलाको प्रांरभिक अध्यन संगै
सिक्किमको भुजेल
जातिको परिच्यतमक् अनि एतिहासीक पृष्ठभूमि
भौगोलिक विस्तारको दृष्टिकोणबाटा हेर्ने हो भने सिक्किम राज्य अत्यन्त सानो छ। सिक्किम हिमाल, पहाड, खोला, झर्ना, हरियाली
बन-जंगल, फूल आदि जस्ता प्रकृतिक सम्पदाले सम्पन्न
र सुन्दर त छ नै, अझ आदि पुर्खा देखि बसो बासो गर्दै आएको याँहाका एक दर्जन भन्दा
धेरै जन-जातीहरूको मौलिक संस्कार संस्कृति
विविधवातले सिक्किम अतिनै सुन्दर छ।
आजाको पिढी विभिन्न अविस्कार र तक्निकी विकासको कारण होडबाजिको रफतसरमा
बडीरहेका छन्। फलस्वरूप सबै जातिका मनिषहरु यसको शिकार बनेका छन। कसैलाई आफ्नो मौलीक पहिचानको चासो नभएको
देखिन्छ। तरै पनि सिक्किममा सबै जात-जातिहरू आ-आफ्नो भाषा,
संस्कार-संस्कृतिको संरक्षण र विकास गर्न सक्रिया बन्दैछन्। यसै क्रममा भुजेल जातिले पनि केहि दसक
अघि देखि सिक्किममा लोप हुदै गएको आफ्नो भाषा, संस्कार
संस्कृति को संरक्षण, विकास र पुनर्उथान
गर्दै आइरहेको छ।
सिक्किम सानै राज्य भएता पनि जातियातर, धार्मिक, भाषिक तथा
सांस्कृतिक दृष्टिकोणबाटा हेर्दा सिक्किम बहुजातिया बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिको राज्य हो भन्नमा गलत नहोला।
सिक्किममा प्राचिन काल देखि नै बसो बासो गर्ने अनेक जति मद्धे भुजेल एक जाति हो। सिक्किममा भुजेल जातिको जनसंख्या लग भग ५-६ हजार मात्र छ। यो जाति माथी अती नै कम अध्यन
भएको पाइन्छ। हुन त यो जातिको आफ्नै मौलीक पहिचान, गौरौमय इतिहास, भाषा, संस्कार, संस्कृति,
र परम्परा छ।तर यस जातिको संस्कार संस्कृति भाषा परम्परा माथी हुदै आएको अनेकौ संस्कृतिक
अतिक्रमण, सामाजिक विषमता, राजनैतिक बिसंगति अनि विविन्न विपरित परिस्थितिक कारण
यस जातिको अस्तित्वनै संकटमा पर्न गएको छ । फलस्वरूप धेरै भुजेलहरु जातीय पलायनको दिशा तिर उन्मुख
बन्न पुगेका छन्।
सिक्किममा भुजेलजाति पर-पुर्वकाल देखि बस्तै आएका छन् । हालमा भुजेलहरु पश्चिम सिक्किममा सलाङदाङ, लुङचोक, दरमदीन, सोरेङ, दोदोक, कर्थोक, दक्षिण सिक्किक्ममा टोकल बर्मेक, तुरुक,
बेल्बोटे (किताम), पूर्व सिक्किममा जित्लाङ, पक्योंङ, रिनक, छुजाचेन, रिगु अनि गान्तोकमा पाइन्छ। सलाङदाङलाई सिक्किममा एउटै स्थानमा भुजेल जातिको ठुलो थलो मानिन्छ।
इतिहासको अध्यन गर्दा भुजेल जातिको सिक्किममा प्रसस्त लिखीत सामग्री नपाए पनि सौ-सौ वर्ष अघि
पुर्खाहरुले छोडेको छाप प्रमाणको रुपमा लिन सकिन्छ। कुनै पनि जातिको जुन ठाउँमा बसो-बासो र सभ्यता
भएको हुन्छ त्याँह कुनै न कुनै त्यास जातिको नाममा अथवा भाषा संस्कृति संग जोडिएको
खोला-नाला, ठाउँ, धरोहर आदि नामहरू पाइनछ।जस्तै राई जाति बसेको ठाउँ “राई गाउँ” माझी जाति बसेको ठाउँ “माझी गाउँ” गुरुङ जाति बसेको ठाउँ “गुरुङ टार” बाउन जाति बसेको ठाउँ “बाउन गाउँ” राईले पनि खाने धारा “राई धारा” आदि उधारण लिन सकिन्छ। सिक्किममा भुजेल जाति संग जोडिएको ठाउहरु मद्धे पश्चिम
सिक्किम अन्तर्गत तिक्पुर र ओखरेको सिमानाहुदै बग्ने खोलाको नाम “भुजेल खोला” हो।यस्ता कुनै पनि जातिको नाम संग जोडिएको खोला,
ठाउं, धरोहर आदिले त्यो जतिको इतिहास बोकेको हुन्छ। यसरीनै भुजेल खोलाको पनि नामाकरण कसरि भयो भन्ने
जिज्ञासा र तथ्य इतिहासको शोध, अनुसन्धानले सिक्किममा भुजेल जातिको बसो-बासो कहिले देखि थियो भन्ने कुराको पुष्टि गर्नसक्छ।कतिपय जातिहरुको लिखित इतिहास
नपाए पनि समाजमा बुडा-पाकाहरु बाट मौखिक इतिहास जान्न पाइन्छ।हुनत भुजेलखोलाको कुनै लिखित इतिहास छैन।भनिन्छ बुडापाकाहरु समाजका जिउँदो पुस्तकालय (Library) हो। यसै मुलमन्त्र को साथ भुजेल
खोलाको बारे अनुसन्धान गर्दा धेरै तथ्य कुराहरु र इतिहास फेला परेको छ।श्रोतवग्यतिहरुको भनाइ अनुसार-
आज
भन्दा लग भाग ३/४ सौ बर्ष अघि तिक्पुर वारी परि घना जंगल थियो।गाउँ पतला थियो अनि छेउमा जंगल
भएको कारण जंगली जनवारहरुको जग-जागी थियो।तिक्पुर केहि
लेप्चा, सुब्बा, र राईहरुको पत्ला गाउँ थियो। गाउँको छेउमा एउटा सानो खोला थियो अनि खोलाको छेउमा ठुलो ढुङाको ओडार थियो। अचनाक त्यो
ओडाढमा राति राति बत्ति बल्न थाल्यो। यो गाउँमा चासोको विषय बन्यो ।एक दिन गाउले सबै मिलेर त्यो
ठुलो ओराड तर्फ लागे। ओराडमा बस्ने त्यो अजिब बस्तुले हमला गर्छकी भनेर
सबैको मनमा डर पलाएर आयो। साँचैनै ओराडमा दुइ आज्ञत ब्यगतिहरु बसीरहेको पाए। ति आज्ञात बाग्यतिहरु को हुन् भनि सोद्धा उनीहरु भुजेल हुन् भनि बताए। धेरै वर्ष उनीहरुले तेही ओराडमा बिताएपछि पछि उनीहरु त्यहाँबाट बसै सरे।पछिबाट तेही भुजेल बसेको ओराड
छेउको खोलालाई सबैले भुजेल खोला भन्न थाले।
(भेटवार्ता:
१. श्री विरमान लिम्बू,उमेर ७० वर्ष, तिक्पुर, ता: २७.१२.२०१४
२. श्री हर्क बहादुर राई (रुम्दाली), उमेर ८३, वर्ष तिक्पुर, ता: २७.१२.२०१८
३. श्री
बिर्ख सिंङ लिम्बू, उमेर ९१ वर्ष, तिक्पुर, ता: २७.१२.२०१८
आजको
पिडीले भुजेल खोलालाई प्हुजेल खोला पनि कता कता भनेको सुनिन्छ। लेप्चालाई रोङ, लिम्बूलाई चोङ भने जस्तै भुजेलले आफुलाई प्हुगाल भन्ने गर्छन, । प्हु+जेल शब्द प्हु+गाल शब्दकै अपभ्रंश मान्न सकिन्छ साथै यस गाउँमा
धेरैमात्रमा राई-लिम्बू जाति हुनले भुजेल शब्दको उचारण प्हुजेल भएको पनि मान्न सकिन्छ। तर सरकारी दस्तावेजहरुमा भने भुजेल खोला नै लेखिएको पाइन्छ।
सलाङदाङ निवाशी श्री जस
बहादुर भुजेल उमेर ७२ को भनाइ आनुसार आफ्नु बजे-पुर्खा तिक्पुर बाटै दरम्दीन
आएको र पछि बाट सलाङदाङ-लुङचोकमा बसो-बासो गरेको बताउछन।श्री जस बहादुर भुजेलको भनाइ आनुसर तिक्पुर भुजेल
खोला छेउमा बसेका ति दुइ भुजेल वहाँ कै बाजे-पुर्खा हुन् सक्ने ठम्माई छ।भुजेल खोलाको प्रांरभिक अध्यनले सिक्किममा भुजेल जाति लग-भग ३-४ सौ वर्ष अघि देखिनै बस्दै आएको प्रमाणित
गर्दछ।
सन्त कुमार
भुजेल (बलिक्पा)
सलाङदाङ
बस्ति
पश्चिम
सिक्किम
No comments:
Post a Comment