Thursday, 17 December 2020

Puhgal Parim (पुह्गाल पारिम)

Puhgal Parim (पुह्गाल पारिम) is the main festival of the Bhujel community. It is also known as Udhauli (उधौली) festival. It is celebrated during the Mangsir Purnima (Full Moon) and marking the migration phase downwards towards the low-altitude regions when the winter season arrives. On the Puhgal Parim festival, the community bing a nature worshipper they offer thanks to mother nature and worship their ancestors (कुल पितृ) in Nichiling (Community Worship Place) for providing a harvest. During the festival the community used to offer foods made by newly harvested grains, pulses, roots and tubers, fruits and meat to their ancestors (कुल पितृ).
It is believed that from this day the winter season starts. So people, birds and animal migrate from cold regions to warmer regions.
The Bhujel community perform a special kind of dance called Chudka and Ghatu in this festival playing various musical instruments like Takew, Rin etc. The main characteristic of this festival is a ritual dance call Chudka dance performed by large groups of Bhujel wearing their traditional attire.
Puhgal Parim is celebrated for 5 days from Mangsir Purnima to Mangsir Panchami marking the beginning of the farming year. 
-
Santa Bhujel 
Salangdang 
West Sikkim 

Wednesday, 23 October 2019


भुजेल खोलाको प्रांरभिक अध्यन संगै
सिक्किमको भुजेल जातिको परिच्यतमक् अनि एतिहासीक पृष्ठभूमि

                                         
भौगोलिक विस्तारको दृष्टिकोणबाटा हेर्ने हो भने सिक्किम राज्य अत्यन्त सानो छ। सिक्किम हिमाल, पहाड, खोला, झर्ना, हरियाली बन-जंगल, फूल आदि जस्ता प्रकृतिक सम्पदाले सम्पन्न र सुन्दर त छ नै, अझ आदि पुर्खा देखि बसो बासो गर्दै आएको याँहाका एक दर्जन भन्दा धेरै जन-जातीहरूको मौलिक  संस्कार संस्कृति विविधवातले सिक्किम अतिनै सुन्दर छ।

आजाको पिढी विभिन्न अविस्कार र तक्निकी विकासको कारण होडबाजिको रफतसरमा बडीरहेका छन्। फलस्वरूप सबै जातिक मनिषहरु यसको शिकार बनेका छन कसैलाई आफ्नो मौलीक पहिचानको चासो नभएको देखिन्छतरै पनि सिक्किममा सबै जात-जातिहरू आ-आफ्नो भाषा, संस्कार-संस्कृतिको संरक्षण र विकास गर्न सक्रिया बन्दैछन्। यसै क्रममा भुजेल जातिले पनि केहि दसक अघि देखि सिक्किममा लोप हुदै गएको आफ्नो भाषा, संस्कार संस्कृति को संरक्षण, विकास र पुनर्उथान गर्दै आइरहेको छ।

सिक्किम सानै राज्य भएता पनि जातियातर, धार्मिक, भाषिक तथा सांस्कृतिक दृष्टिकोणबाटा हेर्दा सिक्किम बहुजातिया बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिको राज्य हो भन्नमा गलत नहोला। सिक्किममा प्राचिन काल देखि नै बसो बासो गर्ने अनेक जति मद्धे भुजेल एक जाति हो सिक्किममा भुजेल जातिको जनसंख्या लग भग ५-६ हजार मात्र छ यो जाति माथी अती नै कम अध्यन भएको पाइन्छ हुन त यो जातिको आफ्नै मौलीक पहिचान, गौरौमय इतिहास, भाषा, संस्कार, संस्कृति, र परम्परा छतर यस जातिको संस्कार संस्कृति भाषा परम्परा माथी हुदै आएको अनेकौ संस्कृतिक अतिक्रमण, सामाजिक विषमता, राजनैतिक बिसंगति अनि विविन्न विपरित परिस्थितिक कारण यस जातिको अस्तित्वनै संकटमा पर्न गएको छ फलस्वरूप धेरै भुजेलहरु जातीय पलायनको दिशा तिर उन्मुख बन्न पुगेका छन्।
सिक्किममा भुजेलजाति पर-पुर्वकाल देखि बस्तै आएका छन् हालमा भुजेलहरु पश्चिम सिक्किममा सलादा, लुचोक, दरमदीन, सोरे, दोदोक, कर्थोक, दक्षिण सिक्किक्ममा टोकल बर्मेक, तुरुक, बेल्बोटे (किताम), पूर्व सिक्किममा जित्ला, पक्यों, रिनक, छुजाचेन, रिगु अनि गान्तोकमा पाइन्छ सलादालाई सिक्किममा एउटै स्थानमा भुजेल जातिको ठुलो थलो मानिन्छ
इतिहासको अध्यन गर्दा भुजेल जातिको सिक्किममा प्रसस्त लिखीत सामग्री नपाए पनि सौ-सौ वर्ष अघि पुर्खाहरुले छोडेको छाप प्रमाणको रुपमा लिन सकिन्छ कुनै पनि जातिको जुन ठाउँमा बसो-बासो र सभ्यता भएको हुन्छ त्याँह कुनै न कुनै त्यास जातिको नाममा अथवा भाषा संस्कृति संग जोडिएको खोला-नाला, ठाउँ, धरोहर आदि नामहरू पाइनछ।जस्तै राई जाति बसेको ठाउँ राई गाउँ माझी जाति बसेको ठाउँ माझी गाउँ गुरुङ जाति बसेको ठाउँ गुरुङ टार बाउन जाति बसेको ठाउँ बाउन गाउँ राईले पनि खाने धारा राई धारा आदि उधारण लिन सकिन्छ। सिक्किममा भुजेल जाति संग जोडिएको ठाउहरु मद्धे पश्चिम सिक्किम अन्तर्गत तिक्पुर र ओखरेको सिमानाहुदै बग्ने खोलाको नाम भुजेल खोला होयस्ता कुनै पनि जातिको नाम संग जोडिएको खोला, ठाउं, धरोहर आदिले त्यो जतिको इतिहास बोकेको हुन्छ यसरीनै भुजेल खोलाको पनि नामाकरण कसरि भयो भन्ने जिज्ञासा र तथ्य इतिहासको शोध, अनुसन्धानले सिक्किममा भुजेल जातिको बसो-बासो  कहिले देखि थियो भन्ने कुराको पुष्टि गर्नसक्छकतिपय जातिहरुको लिखित इतिहास नपाए पनि समाजमा बुडा-पाकाहरु बाट मौखिक इतिहास जान्न पाइन्छहुनत भुजेलखोलाको कुनै लिखित इतिहास छैनभनिन्छ बुडापाकाहरु समाजका जिउदो पुस्तकालय (Library) हो यसै मुलमन्त्र को साथ भुजेल खोलाको बारे अनुसन्धान गर्दा धेरै तथ्य कुराहरु र इतिहास फेला परेको छश्रोतवग्यतिहरुको भनाइ अनुसार-
     आज भन्दा लग भाग ३/४ सौ बर्ष अघि तिक्पुर वारी परि घना जंगल थियोगाउँ पतला थियो अनि छेउमा जंगल भएको कारण जंगली जनवारहरुको जग-जागी थियोतिक्पुर  केहि लेप्चा, सुब्बा, र राईहरुको पत्ला गाउँ थियो को छेउमा एउटा सानो खोला थियो अनि खोलाको छेउमा ठुलो ढुङाको ओडार थियो। अचनाक त्यो ओडाढमा राति राति बत्ति बल्न थाल्यो यो गाउँमा चासोको विषय बन्यो एक दिन गाउले सबै मिलेर त्यो ठुलो ओराड तर्फ लागे ओराडमा बस्ने त्यो अजिब बस्तुले हमला गर्छकी भनेर सबैको मनमा डर पलाएर आयो साँचैनै ओराडमा दुइ आज्ञत ब्यगतिहरु बसीरहेको पा ति आज्ञात बाग्यतिहरु को हुन् भनि सोद्ध उनीहरु भुजेल हुन् भनि बताए धेरै वर्ष उनीहरुले  तेही ओराडमा बिताएपछि पछि उनीहरु त्यहाँबाट बसै सरेपछिबाट तेही भुजेल बसेको ओराड छेउको खोलालाई सबैले भुजेल खोला भन्न थाले
(भेटवार्ता:
१. श्री विरमान लिम्बू,उमेर ७० वर्ष, तिक्पुर, ता: २७.१२.२०१४
२. श्री हर्क बहादुर राई (रुम्दाली), उमेर ८३, वर्ष तिक्पुर, ता: २७.१२.२०१८  
३. श्री बिर्ख सिंलिम्बू, उमेर ९१ वर्ष, तिक्पुर, ता: २७.१२.२०१८
     आजको पिडीले भुजेल खोलालाई प्हुजेल खोला पनि कता कता भनेको सुनिन्छ लेप्चालाई रो, लिम्बूलाई चो भने जस्तै भुजेलले आफुलाई प्हुगाल भन्ने गर्छन, प्हु+जेल शब्द  प्हु+गाल शब्दकै अपभ्रंश मान्न सकिन्छ साथै यस गाउँमा धेरैमात्रमा राई-लिम्बू जाति हुनले भुजेल शब्दको उचारण प्हुजेल भएको पनि मान्न सकिन्छ तर सरकारी दस्तावेजहरुमा भने भुजेल खोला नै लेखिएको पाइन्छ।
सलादा निवाशी श्री जस बहादुर भुजेल उमेर ७२ को भनाइ आनुसार आफ्नु बजे-पुर्खा तिक्पुर बाटै दरम्दीन आएको  र पछि बाट सलादा-लुचोकमा बसो-बासो गरेको बताउछनश्री जस बहादुर भुजेलको भनाइ आनुसर तिक्पुर भुजेल खोला छेउमा बसेका ति दुइ भुजेल वहाँ कै बाजे-पुर्खा हुन् सक्ने ठम्माई छ।भुजेल खोलाको प्रांरभिक अध्यनले सिक्किममा भुजेल जाति लग-भग ३-४ सौ वर्ष अघि देखिनै बस्दै आएको प्रमाणित गर्दछ



सन्त कुमार भुजेल (बलिक्पा)
सलादा बस्ति
पश्चिम सिक्किम 

Thursday, 27 August 2015

BHUJEL

भुजेल जातिको संक्षिप्त परिचय (भुजेल जाति र भाषा एक अध्ययन)

भुजेल किराती मुलमा पर्ने एक पाहड़े जन-जाती हो। जसलाई पु:गाल पनी भन्ने गर्दाछन। यो जाती भारत, नेपाल, भूटान, बर्मा आदि प्रान्तहरुमा बसो बासो गरेको पाइन्छ।
भुजेल जातिबारे मानवबिज्ञानी सी०जे० मोरिस ले सन् १९३६ मा भुजेललाई मध्य एशिया का मंगोलिया जातिका वंशज मनेको छन्। उक्त जातिले वर्तमान नेपालको भुजी खोलाको दुवै तर्फ राज्य स्थापित गरे भन्ने उनको मत रहेको छ। वास्तवमा भुजेल हरुको बसो-बासो बटा नै उक्त खोला को नाऊ भुजी र ठाऊँ भुजीकोट भएको भन्न सकिन्छ।
भुजेल जातीको आफ्नै मौलिक पहिचान छ। यो जातीको आफ्नै भाषा, संस्कार-संस्कृति छ यसै कारण आफनो जातिलाई गौरवशाली भन्ने गर्छन्।
भुजेल भाषा:-
जातिको मौलिक चिनारी भनेकै भाषा हो।
भुजेल जातिको आफ्नै मातृभाषा छ जसलाई प्हुगाल ङुर भनिन्छ। भुजेलमा "प्हू" को अर्थ टाउको अथवा मुख्य र "गाल" को अर्थ राजा वा मुखिया हुन्छ। भुजेल भाषा भोट बर्मेली परिवारको बोडिक हिमाली शाखा अन्तर्गत मध्य हिमाली उपशाखा को भाषा हो भन्ने धेरै जसो भाषा बैज्ञानिकहरुको मत रहेको छ। भुजेल भाषामा नेपाल बाटा डा० दनाराज रेग्मीले २०११ मा PhD. गारी सकेको छन्। एथनोलॉगमा भुजेल भाषालाई ISO 639 र [BHY] दिइएको छ। 
UNESCO को जोखिम (लुप्तप्राय) मा रहेको विश्वका भाषा हरुको एट्लसमा भुजेल भाषा लाई निश्चित रूपले विलुप्त को सांगारमा राहेको भाषा को संज्ञा दिएको छ।
२०१२ मा सिक्किम साहित्य अकादमी ले भुजेल भाषालाई राज्य भाषा मा समावेश गर्नुपर्छ भन्ने प्रस्ताव पारित गरि सकेको छ। यसरी नै भुजेल भाषा बारे खोज-अनुसंधान जरी नै रहेको छ।

भुजेल जातिको आफ्नै स्वतन्त्र संस्कार-संस्कृति छ। यस जातिले आफ्नै जातिय परम्परमा जन्म नवारन, विवाह, मृत्यु आदि जस्तो संस्कार-सांस्कृती पालन गर्दै आएको छन। 
भुजेल जातिले मंगसिर पीर्णिमालाई प्रमुख चाडको रूपमा मन्ने गर्दाछन्। यस बाहेक राँके, कलाटी, माघे संक्रान्ति, उदौली-उभौली आदि यस जातीले चाडको रूपमा मनाउने गर्छन्।
भुजेलहरु प्राकेतिक पुजक हुन। यिनिहरु विशेष कुल पुजा (पितृ)हरु को पुजा गर्ने गर्छन्।

भुजेल जाती पानी पारंपरिक संस्कृतिमा धेरै धनी छ। घाटु र चुड्का भुजेल जाति को प्रमुख संस्कृति हो। यी बाहेक झमर्या, पादुर्या आदि नृत्य भने ऋतु र खेती-पाती संग सम्बंधित संस्कृती हो। यो जाती को आफ्नै पारंपरिक भेष-भुषा अनि गर-घहणा छ। पुरुषहरु ले लगाउने पोशाक लाई ल्हुपो, भोटो, नैरक,हदुला,घ्यलक् भनिन्छ र घर-घहनामा हातमा लगाउने चाँदीको बाला र कानमा लगाउने लाई गोकुल भनिन्छ। स्त्रीहरुले लगाउने पोशाकलाई ब्हे , इसका, घ्लयक,पुलुक, तेकी भनिन्छ र गर गहना- हारी, लिक्,पटना माला, पुवाँलो, नोह् ढुंगरी, साक्यु -नाक्यु , रैया अदि भनिन्छ।
-सन्त भुजेल (बलिक्पा)
सलाङदाङ
प० सिक्किम
email: santakbhujel@gmail.com