BHUJEL
भुजेल जातिको संक्षिप्त परिचय (भुजेल जाति र भाषा एक अध्ययन)
भुजेल किराती मुलमा पर्ने एक पाहड़े जन-जाती हो। जसलाई पु:गाल पनी भन्ने गर्दाछन। यो जाती भारत, नेपाल, भूटान, बर्मा आदि प्रान्तहरुमा बसो बासो गरेको पाइन्छ।
भुजेल जातिबारे मानवबिज्ञानी सी०जे० मोरिस ले सन् १९३६ मा भुजेललाई मध्य एशिया का मंगोलिया जातिका वंशज मनेको छन्। उक्त जातिले वर्तमान नेपालको भुजी खोलाको दुवै तर्फ राज्य स्थापित गरे भन्ने उनको मत रहेको छ। वास्तवमा भुजेल हरुको बसो-बासो बटा नै उक्त खोला को नाऊ भुजी र ठाऊँ भुजीकोट भएको भन्न सकिन्छ।
भुजेल जातीको आफ्नै मौलिक पहिचान छ। यो जातीको आफ्नै भाषा, संस्कार-संस्कृति छ यसै कारण आफनो जातिलाई गौरवशाली भन्ने गर्छन्।
भुजेल भाषा:-
जातिको मौलिक चिनारी भनेकै भाषा हो।
भुजेल जातिको आफ्नै मातृभाषा छ जसलाई प्हुगाल ङुर भनिन्छ। भुजेलमा "प्हू" को अर्थ टाउको अथवा मुख्य र "गाल" को अर्थ राजा वा मुखिया हुन्छ। भुजेल भाषा भोट बर्मेली परिवारको बोडिक हिमाली शाखा अन्तर्गत मध्य हिमाली उपशाखा को भाषा हो भन्ने धेरै जसो भाषा बैज्ञानिकहरुको मत रहेको छ। भुजेल भाषामा नेपाल बाटा डा० दनाराज रेग्मीले २०११ मा PhD. गारी सकेको छन्। एथनोलॉगमा भुजेल भाषालाई ISO 639 र [BHY] दिइएको छ।
UNESCO को जोखिम (लुप्तप्राय) मा रहेको विश्वका भाषा हरुको एट्लसमा भुजेल भाषा लाई निश्चित रूपले विलुप्त को सांगारमा राहेको भाषा को संज्ञा दिएको छ।
२०१२ मा सिक्किम साहित्य अकादमी ले भुजेल भाषालाई राज्य भाषा मा समावेश गर्नुपर्छ भन्ने प्रस्ताव पारित गरि सकेको छ। यसरी नै भुजेल भाषा बारे खोज-अनुसंधान जरी नै रहेको छ।
भुजेल जातिको आफ्नै स्वतन्त्र संस्कार-संस्कृति छ। यस जातिले आफ्नै जातिय परम्परमा जन्म नवारन, विवाह, मृत्यु आदि जस्तो संस्कार-सांस्कृती पालन गर्दै आएको छन।
भुजेल जातिले मंगसिर पीर्णिमालाई प्रमुख चाडको रूपमा मन्ने गर्दाछन्। यस बाहेक राँके, कलाटी, माघे संक्रान्ति, उदौली-उभौली आदि यस जातीले चाडको रूपमा मनाउने गर्छन्।
भुजेलहरु प्राकेतिक पुजक हुन। यिनिहरु विशेष कुल पुजा (पितृ)हरु को पुजा गर्ने गर्छन्।
भुजेल जाती पानी पारंपरिक संस्कृतिमा धेरै धनी छ। घाटु र चुड्का भुजेल जाति को प्रमुख संस्कृति हो। यी बाहेक झमर्या, पादुर्या आदि नृत्य भने ऋतु र खेती-पाती संग सम्बंधित संस्कृती हो। यो जाती को आफ्नै पारंपरिक भेष-भुषा अनि गर-घहणा छ। पुरुषहरु ले लगाउने पोशाक लाई ल्हुपो, भोटो, नैरक,हदुला,घ्यलक् भनिन्छ र घर-घहनामा हातमा लगाउने चाँदीको बाला र कानमा लगाउने लाई गोकुल भनिन्छ। स्त्रीहरुले लगाउने पोशाकलाई ब्हे , इसका, घ्लयक,पुलुक, तेकी भनिन्छ र गर गहना- हारी, लिक्,पटना माला, पुवाँलो, नोह् ढुंगरी, साक्यु -नाक्यु , रैया अदि भनिन्छ।
-सन्त भुजेल (बलिक्पा)
सलाङदाङ
प० सिक्किम
सलाङदाङ
प० सिक्किम
email: santakbhujel@gmail.com